शोभा अर्यालका मुक्तकहरु

  अस्मिता स्मृति प्रकाशित मिति :  702 पटक हेरिएको

तिमीलाई यति सजिलै गुमाउँला कहिल्यै सोचिन ।
पत्थर जस्तै त्यो मन बनाउला कहिल्यै सोचिन ।
न तिमीलाई पाउन सके न गुमाउन नै सके,
जिन्दगीमा यस्तो दिन आउँला कहिल्यै सोचिन ।

त्यो तिम्रो चुरिफुरी थाहै थिएन ।
काँधमा पर्ला खुकुरी थाहै थिएन ।
जीउँदै मलाई चितामा जलाउने,
के थियो ? मजबुरी थाहै थिएन ।

बाबा आमाको माया मोह छोडिदा पो रोए ।
सिदुर, पोते, चुरा र धागो जोडिदा पो रोए ।
चाहान्थे म माइती घरमै जिन्दगी बिताउन,
पराईसँग नाता सम्बन्ध मोडिदा पो रोए ।

तपाईको प्रतिक्रिया