रचना मोक्तान “यात्री”को कविता: बेसार

  अस्मिता स्मृति प्रकाशित मिति :  577 पटक हेरिएको

ओ ! मेरो प्रिय सखी
समयको गल्छेडोंमा उभिएर
चिहाउँदैछु गोधूलीको क्षितिज
र, नियाल्दैछु पहेँलो घामलाई
यो त समयको चलिरहने चक्र हो
के तिमीले यसलाई रोक्न सक्छौ ?

प्रत्येक वर्षमा आउने शरद ऋतु
शरद ऋतुमा पर्ने भाइटीका
पहेँलपूर भएर फुल्ने मखमली सयपत्री
सयपत्री मखमली नभई भाइटीका हुन्छ ?

ओ! मेरो प्रिय सखी !
प्रत्येक दिन भान्सामा
बेसार भएन भने तिम्रो भान्सा
कसरी हुन्छ रङ्गिन पहेँलो ?
भान्सामा मात्र सीमित कहाँ छ र
विभिन्न रोगहरूमा टनिकको काम गर्छ ।

त्यसैले
बेसार आफनै रंगमा पहेँलिन्छ
रंग नहुनेहरु बेसारको सहायतामा
रंगिन देखिन्छन
बेसार सूर्य हो
सूर्य चम्किन अरुको सहायता चाहिन्न ।

तपाईको प्रतिक्रिया