नेकपा स्थायी कमिटी बैठक १६ गतेसम्म स्थगित

  अस्मिता स्मृति प्रकाशित मिति :  263 पटक हेरिएको

काठमाडौं, असार १३ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ।

बैठकबारे शनिबार अपरान्ह पत्रकारहरूलाई जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई दिन बैठक स्थगित गरिएको बताए।

‘असार १६ गते विहान ११ बजे पुन: बैठक बस्नेछ,’ प्रवक्ता श्रेष्ठले भने। भोलि मदन जयन्तीमा नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने र पर्सी १५ असार दहि चिउरा खाने दिन भएकोले १६ गतेका लागि बैठक पुन बस्ने उनले बताए।

शनिबार सीमाबारे स्थायी कमिटीमा छलफल भएको थियो। २१ जना स्थायी कमिटी सदस्यले सीमाबारे धारणा राखेको श्रेष्ठले बताए।

असार १६ गते सीमाबारे केहीबेर छलफल गर्ने र अरू एजेन्डामाथि छलफल हुने उनले जानकारी दिए।

शनिबार बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर बसेर निस्केका थिए।

तपाईको प्रतिक्रिया