मकवानपुर भिमफेदीमा टिपरबाट लडेर एक जनाको मृत्यु

प्रकाशित मिति :  145 पटक हेरिएको

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका ७ दमारमा टिपरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भिमफेदी गाउँपालिका ७ का ६० बर्षिया जित बहादुर राना रहेको प्रहरीले जनाएको छ ।
भिमफेदिबाट इपा तर्फ जाँदै गरेको लु १ क ४२२८ नम्बरको गुडिरहेको टिपरमा चढ्न खोज्दा लडेर गम्भीर घाइते भएका रानाको उपचारको क्रममा चितवन स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

टिपर चालकलाई नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान भइरहेको प्रबक्ता रानाले बताए ।

तपाईको प्रतिक्रिया