प्युठानमा सोमबार थप १६ जना कोरोना मुक्त

  अस्मिता स्मृति प्रकाशित मिति :  313 पटक हेरिएको

असार १५, प्युठान । प्युठानमा एकै दिन १६ जना डिस्चार्ज भएका छन् । नौबहिनी गाउँपालिकाको गंगा माविको क्वारेन्टाइनमा बसेका उनीहरु सोमवार कोरोना संक्रमण जितेर घर गएका हुन् ।

उनीहरुको दोस्रो पटक स्वाव संकलन गरी परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको नौबहिनी गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । सोमबार घर फर्कनेहरुमा नौबहिनी गाउँपालिका-६ लुङ्गका एकजना र वडा नं. ८ का १५ जना रहेको नौबहिनी गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख ऋषिराम शर्माले बताए ।

यसभन्दा अगाडी माण्डवी गाउँपालिका र सरुमारानी गाउँपालिकाका एक/एकजना कोरोना मुक्त भएका छन् । योसँगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८ पुगेको छ । नौबहिनी गाउँपालिकामा २६ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । भने अब १० जना कोरोना संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया