रूपन्देहीमा सवारी दुर्घटना, २ जनाको मृत्यु

  अस्मिता स्मृति प्रकाशित मिति :  770 पटक हेरिएको

१५ असार, काठमाडौं । रूपन्देहीको सैनामैनामा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सैनामैना-६ कलौनी शान्तिटोलमा कपिलवस्तुबाट बुटवलतर्फ जाँदै गरेको लु. २ च ८५२९ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको गरेको लु. ५२ प ६२२९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार सैनामैना-१ बस्ने ३० वर्षीय सन्तोष परियार र अर्का एक पहिचान नखुलेका पुरुषको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठोरले  जानकारी दिए । उनका दुर्घटना सोमबार दिउँसो २ बजेतिर भएको हो ।

कार र मोटरसाइकल इलाका प्रहरी कार्यालय सालझण्डीको नियन्त्रणमा रहेको प भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया