सुदूरपश्चिम प्रदेशमा दुईजना प्रहरीमा कोरोना संक्रमण पुष्टि

  अस्मिता स्मृति प्रकाशित मिति :  227 पटक हेरिएको

१६ असार, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप दुईजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाको बुढिगंगा नगरपालिका-४ को क्वारेन्टिमा खटिएका र जगन्नाथ गाउँपालिका-१ को क्वारेन्टिनमा रहेको दुईजना प्रहरीमा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

‘क्वारेन्टिनबाटै संक्रमण भएको हुन सक्छ’ जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टङ्क भण्डारीले भने ‘संक्रमित दुवै जनालाई आइसोलेसनमा राखेर उपचार सुरु भइसकेको छ ।’

धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको उनले बताए ।

यसअघि कञ्चनपुरका तीन, बाजुरा र अछामका एक र एक जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो ।

तपाईको प्रतिक्रिया