नेकपा बैठकमा प्रचण्डको प्रश्न : निर्वाचन आयोगमा नेकपा एमाले कसले दर्ता गरायो ?

  अस्मिता स्मृति प्रकाशित मिति :  376 पटक हेरिएको

१६ असार, काठमाडौं । निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गराउन निवेदन दिएको भन्ने विषयलाई स्थायी समितिमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रश्न उठाएका छन् ।

२ दिनअघि निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गराएको प्रसङ्ग उठाउँदै प्रचण्डले निर्धारित विषयभन्दा २ वटा विषय उठान गराएको छ ।

‘मदन भण्डारीको जन्मजयन्तीका दिन प्रधानमन्त्रीले देशी विदेशी शक्तिले हटाउन खोजेको तथा २ दिनअघि निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गराएको विषय प्रचण्डले प्रवेश गराएपछि बैठक त्यसैमा केन्द्रित भयो’, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि भने ।

तपाईको प्रतिक्रिया