प्युठानमा सलह भगाउन लगाएको आगोले जल्यो गोठ

  अस्मिता स्मृति प्रकाशित मिति :  547 पटक हेरिएको

१७ असार,प्युठान। प्युठानमा सलह किरा भगाउन लगाएको आगोले स्थानियको गोठ जलेको छ ।

जिल्लाको झिमरुक गाउँपालिका-३, मा सलह भगाउन आगो बाल्ने क्रममा एक स्थानीयको गोठ जलेर पूर्णरुपमा नष्ट भएको हो।

बुधबार दिउँसो १ बजेतिर बारीमा आएका सलह भगाउनका लागि आगो बाल्दै गर्दा स्थानीय कल्पना जि.सी.को गोठमा आगलागी भएको हो । आफू बारीमा सलह भगाउन जाँदा आफ्नो दस वर्षीय छोराले बालेको आगोले गोठ जलेको जि.सी.ले बताउनुभयो । आगलागीले गोठमा भएका घाँस, दाउरा, पराल जलेर पूर्णरुपमा नष्ट भएको छ भने स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

जिल्लामा आइतबारदेखि सलहले आतंक नै मच्चाएको छ। तराईका जिल्ला हुँदै प्युठान भित्रीएको सलहले किसानको अन्नबालीमा ठूलो क्षती पुर्याएको छ ।

तपाईको प्रतिक्रिया