शितल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

  अस्मिता स्मृति प्रकाशित मिति :  404 पटक हेरिएको

१८ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट भएको छ।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानममन्त्री ओली बिहान ११ बजेतिर शितल निवास पुगेका थिए। शितल निवास स्रोतका अनुसार राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच अहिले भेटवार्ता जारी छ।

पछिल्लो समय नेकपाभित्र विकसित घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल भएको बुझिएको छ। पार्टीभित्र संकट चुलिँदै गएपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई दिनहुँजसो भेट्दै आएका छन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीले दुवै पद छाड्नुपर्ने स्थायी समिति बैठकमार्फत दबाब दिएका छन्।

तपाईको प्रतिक्रिया