उत्कर्ष दहालको गजल:

  अस्मिता स्मृति प्रकाशित मिति :  512 पटक हेरिएको

अरूलाई नदी बनाएर आँफुलाई बगर बनाएँ।
नजिकिन खोज्नेलाई नजिकिने अवसर बनाएँ।

यस कारण मैले जिन्दगीको दौडबाट हार्नु पर्यो,
भाग्न सक्दासक्दै पनि वैशाखीलाई भर बनाएँ।

जसले साँधको निहूँमा म नहुँदा घर ढलायो,
ईन्जिनियर भएकै दिन मैले उसैको घर बनाएँ।

जिन्दगीले आकार लियो भनेकै पल चोर पस्यो,
पुजेको मुर्ती फुटाएर मैले फेरी पत्थर बनाएँ।

तिमीलाई नदेखी मेरो बिहान बिहान हुदैनथ्यो,
जे सोचुन् अब तिम्रै फोटोको वाल्पेपर बनाएँ ।

तपाईको प्रतिक्रिया