सुमि समबेदनाको गीत:

  अस्मिता स्मृति प्रकाशित मिति :  697 पटक हेरिएको

थाहा थियो आँसु निकै मुल्यहिन छ भन्ने
तर पनि बेहिसाबमा झार्नु पर्दो रैछ ।।

टुसाउनै नपाई कति रहरका मुनाहरु
मनको अन्तर कुना भित्रै मार्नु पर्दो रैछ ।।

आफ्नै मन आफैसँग हार्दा कहिलेकाहीँ
आशारुपि थुङ्गे फूल सार्नु पर्दो रैछ ।।

सोधिरहन्छ निर्दोष मनले कहिले आउँछ खुसी
भोलि पर्सि आउँछ भन्दै टार्नु पर्दो रैछ ।।

तपाईको प्रतिक्रिया