गण्डकीमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

  अस्मिता स्मृति प्रकाशित मिति :  408 पटक हेरिएको

१९ असार, पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ४ जिल्लामा कोरोना संक्रमितको संख्या बढेको हो ।

शुक्रबार कोरोना संक्रमण पुष्टि हुनेमा १९ जना नवलपरासीका, तनहुँका ९ जनामा, पर्वतका ३ जना र बाग्लुङका १ जना रहेका छन ।

संक्रमितहरु सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको डा विनाेद विन्दु शर्माले जानकारी दिएका छन ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ६३ पुगेको छ ।

तपाईको प्रतिक्रिया