शारदा पहाडीको गजल:

  अस्मिता स्मृति प्रकाशित मिति :  951 पटक हेरिएको

उपकार गर्दै गयो जीवनमा घात मिल्ने ।
मन मुटु सुम्पेपछी अविश्वासको रात मिल्ने ।।

मान्छे हो कि वुख्याचा हो चिन्न् कठिन भएपछि,
पराइ भन्दा आफ्नैबाट आजभोलि लात मिल्ने ।।

किन यति स्वार्थी भए आजभोलि मान्छेहरु,
मानवता ढलेपछि चोटैचोटको खात मिल्ने ।।

ट्याम्के पनि खिन्न हुन्छ यस्ता कुटिल देखेपछि,
मनको धनी छैन भने व्यर्थ छ है जात मिल्ने ।।

धुन्धुकारीहरुसँग अचेल नाता टुटेपछि,
भेट्न कठिन् भयो हजुर शारदालाई साथ मिल्ने ।।

(नोट: ट्याम्के = खोटाङ्ग र भोजपुर बीचको विशाल पहाड )

तपाईको प्रतिक्रिया