प्युठानमा टिप्पर दुर्घटना, चालक र सह-चालकको घटनास्थलमै मृत्यु

  अस्मिता स्मृति प्रकाशित मिति :  245 पटक हेरिएको

२० असार, प्युठान । प्युठानमा टिप्पर दुर्घटना हुदा चालक र सह-चालक गरि दुइजनाको घटनास्थलमै मृत्युु भएको छ ।

जिल्लाको नौबहिनी गाउँपालिका-६ पिपलटारीका चालक रोशन थापा र सह-चालक झाकेन्द्र पुनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

लुप्लुङ्गबाट कालाकाटे स्थित शुभश्री अग्नि सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोकेर जाँदै गरेको ना ७ ख ८९३८ नम्बरको टिप्पर शनिबार बिहान दुर्घटनामा परेको हो ।

घटनास्थलमा प्रहरी पुगेर उद्धारको काम भइरहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया