वाग्मती सफाई महाअभियानको ३७३ औं कार्यक्रम

  अस्मिता स्मृति प्रकाशित मिति :  247 पटक हेरिएको

२० असार, काठमाडौं । वाग्मती सफाई महाअभियानको ३७३ औं शृङ्खला शंखमुल वाग्मती नदि किनारमा सामाजिक दुरि कायम गर्दै सरसफाई तथा झार उखेल्ने कार्य गरेर आज(शनिबार)को महाअभियान सम्पन्न भएको छ ।

महाअभियानका अभियन्ता किशोरसिंह शाहीकानुसार सो महाअभियानमा अभियन्ता डा.लक्ष्मी पौंडेल,श्री हनुमान मार्ग टोल विकास समितिका पदाधिकारीहरु,स्थानिय वासिन्दाहरुको सहभागितामा सडकको फोहर बाटोमा उम्रेका झारपात उखेल्ने, सफा गर्ने र कुहिने फोहर नकुहिने फोहर छुट्याएर व्यवस्थापन गर्ने कार्यसमेत गरिएको र महाअभियानका अभियन्ता माला खरेल लगायतका अभियन्ताहरुले आ-आफ्नो घरको अगाडि ,वाग्मतीखोलामासमेत सरसफाई गरेको जनाएका छन् ।

तपाईको प्रतिक्रिया