नेपालमा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि

  अस्मिता स्मृति प्रकाशित मिति :  370 पटक हेरिएको

२० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा  थप २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालाहरुमा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया