प्युठानमा ट्याक्टर दुर्घटना, घटनास्थलमै एकजनाको मृत्युु

  अस्मिता स्मृति प्रकाशित मिति :  319 पटक हेरिएको

२० असार, प्युठान। प्युठानमा रोकिराखेको ट्याक्टर चलाउदा दुर्घटना भई एकजनाको घटनास्थलमै ज्यान गएको छ ।

जिल्लाको नौबहिनी गाउँपालिका वडा नं.- ७ सुरदिपमा सडकमा रोकेर राखिएको लु.२ त ५८२६ नम्बरको आफ्नै ट्याक्टर चलाउदा शनिबार दिउँसो ज्यान गएको हो ।

ट्याक्टरको मालिक रेकम कुवरको छोरा १५ वर्षीय छोरा प्रकाश कुवरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया