नारायण भुसालको गजल:

  अस्मिता स्मृति प्रकाशित मिति :  1055 पटक हेरिएको

राष्ट्रियताको नाराको कुरा गर्नु छ।
गरीब र सर्बहाराको कुरा गर्नु छ।।

जल स्रोतको दोस्रो धनि देशमा,
पिउने पानी धाराको कुरा गर्नु छ।।

एक मधेसभन्दै उफ्रनेसँग आज,
सुस्ता अनि बाराको कुरा गर्नु छ।।

सधैं बिदेशीको गुलामी गर्छौ तिमी,
अबत नेपाली साराको कुरा गर्नु छ।।

देश स्वतन्त्र छ , भन्नेहरुसँग अब,
भारतीय ज्यानमाराको कुरा गर्नु छ।।

तपाईको प्रतिक्रिया