गजलकार प्रदिप रोदनको गजल:

  अस्मिता स्मृति प्रकाशित मिति :  1092 पटक हेरिएको

जलायौ जल्यो मन जो जल्ने कुरा हो!
अगेनो हो संसार सब दाउरा हो!

कहा फाल्न सक्थेँ,म उपहार तिम्रो,
प्रिया यो तिमील्यै धसेको छुरा हो!

कहाँ फुट्छ माया,पखालिन्छ कहिले?
पखाल्ने सिँदुर हो न फुट्ने चुरा हो!

अझै साथमा छन्,दुईचिज म सङ्ग,
फोटो एक तिम्रो र अर्को सुरा हो !

अरू हुन् पराया,छ को दु:ख पर्दा,
यहाँ आफ्नु भन्ने,यही पाखुरा हो!

तपाईको प्रतिक्रिया