ओली र प्रचण्डबीच आज पनि छलफल सुरु

  अस्मिता स्मृति प्रकाशित मिति :  448 पटक हेरिएको

२३ असार, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरू भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपाभित्र जारी विवाद समाधानका लागि प्रयास भइरहेको छ।

यसअघि सोमबार भएको दुई अध्यक्षको भेटमा गतिरोध अन्त्यका लागि दुई अध्यक्षले नै प्रयास गर्ने सहमति भएको थियो।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीलाई राजीनामा दिनुपर्ने प्रचण्ड पक्षको माग र दुवै पद नछाड्ने ओलीको अडानका बीच नेकपामा आन्तरिक कलह चुलिएको छ । विवाद चर्किएपछि स्थायी कमिटी बैठकसमेत प्रभावित भएको छ ।

तपाईको प्रतिक्रिया