शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत सातजनामा कोरोना पुष्टि

  अस्मिता स्मृति प्रकाशित मिति :  419 पटक हेरिएको

२३ असार, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत सातजना बिरामीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले यसको पुष्टि गरे । उनका अनुसार उनीहरुको कन्ट्याक ट्रेसिङ गर्न बाँकी छ ।

अस्पतालले भने आज मंगलबारबाट आकस्मिक बाहेकका सबै सेवा हाललाई स्थगित गरेको छ । थप सतर्कताका आकस्मिक बाहेकका सेवा बन्द गर्नु परेको अस्पताल प्रशासनले निकालेको सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया