ओली र प्रचण्ड बीच छलफल सकियो, स्थायी कमिटी बैठक बस्ने

  अस्मिता स्मृति प्रकाशित मिति :  229 पटक हेरिएको

२३ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अवरुद्ध स्थायी कमिटी बैठक बुधबार बस्‍ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटार भएको कुराकानीमा स्थायी कमिटी बैठकलाई निरन्तरता दिने समझदारी भएको छ ।

असार १४ गते मदन जयन्तीका दिन प्रधानमन्त्री ओलीले अहिलेको सरकार भारतले ढाल्न खोजेको अभिव्यक्ति दिएपछि बैठकमा गतिरोध आएको हो ।

तपाईको प्रतिक्रिया