प्रदेश नं. १ मा एकै परिवारका चारजना सहित थप नौजनामा कोरोना पुष्टि

  अस्मिता स्मृति प्रकाशित मिति :  223 पटक हेरिएको

२३ असार, विराटनगर । प्रदेश १ मा थप नौजनामा काेराेना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकाका ६ जनासहित प्रदेश १ मा नौजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार विराटनगरका छजनासहित सुनसरीका दइजना र झापाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६८५ पुगेको छ ।

तपाईको प्रतिक्रिया