सुरेशकुमार पान्डेको गजल:

  अस्मिता स्मृति प्रकाशित मिति :  659 पटक हेरिएको

अमेल साईनो लगाउँदा पछुतो लाग्यो,
आफ्नो भनी फकाउँदा पछुतो लाग्यो।

जड्यो भोको पेटले नै अनैतिक नाता,
दुष्ट पौरखमा अघाउँदा पछुतो लाग्यो।

परायाको होईन आफ्नैले मारे शन्तान,
आफ्नै ले दुष्ट जुटाउँदा पछुतो लाग्यो।

हामी पौरखिका शन्तान पसिना बेच्दा,
हृदया अचानो बनाउँदा पछुतो लाग्यो।

थाहानै थियो स्वर्ग तुल्य छ हाम्रो देश,
युवाशक्तिलाई पठाउँदा पछुतो लाग्यो।

सिश्नु आटो खान पाए पनि थिउँ खुसी,
छिमेकीले सदै अताउँदा पछुतो लाग्यो।

सुखको खोजिमा त पुग्यौँ संसार चार्न,
हामीले झनै दुखःपाउँदा पछुतो लाग्यो।

कुन पापीले देखायो बाटो परदेश जान,
कामको लागि नै धाउँदा पछुतो लाग्यो।

पठायौँ देशको रक्षाकै लागि उसैले पनि,
बिदशीको भजन गाउँदा पछुतो लाग्यो।

तपाईको प्रतिक्रिया