मकवानपुरमा खोलामा डुबेको अवस्थामा शव फेला

  अस्मिता स्मृति प्रकाशित मिति :  661 पटक हेरिएको

२४ असार, मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा खोलामा डुबेको अवस्थामा एकजना पुरुषको शव फेला परेको छ । उक्त शव बागमती गाउँपालिका वडा नं- १ बस्ने ५८ वर्षीय दावा छिरिङ लामाको रहेको छ ।

रौतहट माईली छोरीको घरबाट बागमती गाउँपालिका-३ स्थित जेठी छोरीको घरमा आउने क्रममा गत १९ गतेदेखि बेपत्ता भएका उनको शव फेला परेको हो ।

मंगलबार बिहान ९ बजे साही गाउँपालिका वडा नं-३ घाट्टेडाँडा स्थित चिरुवा खोलाको पानीमा डुबेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रवक्ता रानाका अनुसार घटना स्थलमा ईलाका प्रहरी कार्यालय फापरबारिको टोलि पुगेर आवस्यक कानुनी प्रक्रिया पुरा गरि शव परीक्षणका लागि हेटौंडा ल्याइएको र घटनाको थप अनुसन्धान भइ रहेको छ ।

तपाईको प्रतिक्रिया