सिरहामा मास्क नलगाउने ६४ जना पक्राउ

  अस्मिता स्मृति प्रकाशित मिति :  433 पटक हेरिएको

२४ असार, काठमाडौं । मास्क नलगाई हिँड्ने ६४ जनालाई सिरहा प्रहरीले पक्राउ गरी कारबाही गरेको छ । लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई मंगलबार कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

कोभिड-१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्य रूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालन गरी कार्य गर्न आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले पक्राउ गरी सङ्क्रमण रोग ऐन, २०२० अनुसार कारबाही सुरु गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको उनले बताए । -रासस

तपाईको प्रतिक्रिया