दोहाबाट १४८ जना नेपाली स्वदेश फर्किए

  अस्मिता स्मृति प्रकाशित मिति :  241 पटक हेरिएको

२४ असार, काठमाडौं । कोरोनाका कारण कतारमा समस्यामा परेका १४८ जना नेपालीहरू स्वदेश फर्किएका छन् । तत्काल स्वदेश फर्कनै पर्ने अवस्थाका नेपालीहरूले राजदूतावासले तोकेको फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण दूतावासलाई बुझाएका थिए । त्यसैका आधारमा प्राथमिकता निर्धारण गरी उनीहरूलाइ स्वदेश फर्काइएको हाे ।

दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको आरए २३९२ को चार्टर उडानबाट ३ महिलासहित १४८ जना स्वदेश फर्किएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । साथै, कोरोनाकै समयमा कतारमा मृत्यु भएका २ जना नेपाली नागरिकको शव पनि सोही उडानबाट नेपाल पठाइएको दूतावासले जनाएको छ ।

उक्त चार्टर उडान दोहाबाट भएको एघारौं उडान हो । उक्त उडानमा स्वदेश फर्कने नेपालीलाई बिदाइ गर्न दूतावासका कर्मचारी दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

तपाईको प्रतिक्रिया