सुरेशकुमार पान्डेको कथा: आगो

  अस्मिता स्मृति प्रकाशित मिति :  651 पटक हेरिएको

बन मा लागेको आगो सबैले देख्छन तर मन मा लागेको आगो भने कसैले देख्दैनन!शन्ते ले आफ्नो आरनमा खलाति धुँदै नजिकै बसेका दिनु तिर हेर्दै भन्छ।शन्तेका आँखा राता-राता थिए मानौ रातै भरीको अनिदो जस्तै देखिन्थ्यो।उस्ले आगामा रातो भयको हँसियालाई बिस्तारै घनले ठाक-ठाक पार्दै त्यो बाट धार निकाल्ने प्रयात्न गर्दै,म स्यानो पिरले यो आफ्नो पेसामा फर्किऐको होईन!भन्दै बंगारा किट्दै थ्यो।यस्तो लाग्थ्यो उ सँग धेरै ज्यास्ति भयको थियो। शन्ते र दिनुले सँगै एउटै कलासमा अध्यायन गरेका हुँन।शन्ते पढाईमा अब्बल फुर्तिलो,हँसमुख मिलनसार थियो।केही बर्ष पहिले दुबै जनाले मास्टर डिग्री प्राप्त गरेर नोकरी पनि लागेका थिए।तर पछिल्लै बर्ष शन्तेले नोकरीमा राजिनामा दिएर आफ्नै पेसा गर्न थालेको दिनु लाई जानकारी भयको थियो।यो सुनेर आश्चार्य लाग्यो।आखिर किन यस्तो कदम उठायो शन्तेले भनेर मनमा कतुहल मचिएको थियो। तर टाडा भयकोले भेट बिस्तार हुँन सकेको थिएन।केहि दिन पहिले दिनुको नजिकै को एउटा स्कुलमा दबादला भयपछि आज फुर्शत निकालेर दिनु शन्तेलाई भेट्न आएका हुँन। एति होनहार मास्टरले आफुले बल्ल बल्ल पाएको थाई जागिर छाडेर आरन लगाउँनु भनेको मामुली कुरापनि थिएन।आखिर के कारणले शन्तेले नोकरी छाड्यो भन्ने कुतहल मन मस्तिकमा घर जमाएको थियो।सँगै पढेको सँगै जागिर लागेको साथी लाई दिनुले धेरै नजिक बाट चिनेका पनि त थिए। आज शन्तेको आँखामा उन्ले कहिले नदेखेको ज्वाला देखेका थिए,र मनभित्र आक्रोशको त्यो लावा पढ्दै थिए।दिनु धेरै बोलेका पनि थिएनन् नजिकैको एउटा कुर्चिमा बसेर शन्तेको गन-गन सुनिरहेका थिए।शन्तेले बस्नलाई कुर्चि दिएपनि कुनै चिया पानी सोधेको पनि छैन।उनिहरुको केहि बर्ष देखि भेटघाट थिएन आज जनतन भेट्न गयकोपनि उस्को ब्यबहार देख्दा अलि बेग्लै अनुभव भयो।दिनु चुपचाप बसेका थिए शन्ते ले भनि घरी खलाति धुने,घरी हाँसीया खुर्पा पिट्ने गर्दै थियो।एक्लै शन्ते लाई देखेपछि!हजुर एक्लै हुँनुहुँन्छ?बरु एउटा हेल्पर राख्दा ठिक होला नी हजूर एक्लै ले ता अलि धौ हुँदैनर?भनेर सोध्छन।होईन म एक्लै ता छैन छोराले हैल्प गरिहाल्छ।अहिले उ घरमा खाना खान गयकोछ,पर आफ्नो घरतीर सिकाउँदै भन्छ।मलाई आज धेरैका औजारहरु पिटाएर दिनुछ तेसैले म खाना खानपनि गयको छैन!भनेर उस्ले दिनुलाई सफाई दिन्छ।यह हो छोराले पनि यँहि काम गर्छन?दिनुले सोध्छन।हजूर गर्नु पय्रो नि नगरेर केखाने?पहिले ता आनाकानी गरेकै हो तर मैले सर्बिश बाट राजिनामा दिएपछि भने उस्ले स्कुल नगयर भयपनि आरनको काम मा हात बढाई दिन्छ।मनपराएर काम गरिराखेको हुँन्छ!शन्ते ले दिनु तिर हेर्दै भन्छ।
उस्को अनुहारमा कालो बादल छाएको प्रतिबिम्ब देख्न मिल्थ्यो।आँखाहरुले धेरै कुरा भन्न खोजे जस्तै लाग्छ तर कस्तरी भन्ने।शन्ते जी हजूर ले लागेको त्यतिराम्रो जाब छाडेर यो आरनमा काम गर्नै पर्ने केहोला भन्न मिल्छ भने भन्नुहोश!भन्दै दिनुले शन्ते बाट बुझ्न खोज्छन।यह लौ उ छोरापनि आयो !भन्दै दिनुको ध्यानलाई उताबै मोड्ने प्रयात्न गर्छ।छोराले आफुले खाना खाएर आफ्नो बाबालाई खाना र एक लोटा मुही ल्याई दिएको हुँन्छ।उस्ले समान राख्दै नमस्ते अंकल भन्छ।र आफ्नो काम तिर जान खोज्छ।उ मुस्किलले १४पन्द्र बर्षको केटाहो, उस्ले आरनमा हँसिया,कोदाली, बञ्चरो,गाग्री ताउला जस्ता आबस्याक समानहरु बनाउँन सिकि सकेको छ।अत्यान्तै हँसमुख मिलन सार मेजासी,जस्तै पहिले शन्तेमा थियो गुण ठिक त्यस्तै अहिले यो केटामा गुण भयको लाग्यो दिनुलाई। होईन यो मुहि मलाई हो भन्दै लोटा तिर हेर्छ।
केटाले दिनुको कुरा सुनेर आफ्नो बाबा तिर हेर्दै पिउँनु हुँन्छर अंकल ? हजूरले भनेर सोध्छ।उस्को त्यो प्रश्नले दिनुको मुटुमा चसक्क बिज्छ।दिनुलाई पुरानो त्यो दिन सम्झना आउँछ।शन्ते र आफुले खोसा खोस गर्दै एउटै थालिमा खाएको।किन नखाने?ल्याउ भन्छन।केटाले हर्षित हुँदै उन्लाई लोटा दिएर दौड्दै घरजान्छ अनि घरबाट आर्को लोटा मही ल्याएर एकैछिनमा आई पुग्छ। शन्तेको आँखा बाट आँसु का बलिनी पर्छन।उ जुरुक्कै उठेर दिनुको छातिमा चप्टिन्छ।दिनु मेरो दोश्त तीमि कहिलैई बदलिएनौ मैले सोँचेको थिएँ समय सँग तिमिमा पनि बद्लाव आएहोला तर मेरो सोँच गलत थियो।आजको रुढिवादी समाजमा पनि तिमि जस्ता महान मान्छे हरुछन।भन्दै उस्ले आँसुको बलेनी रोक्न सक्दैन।एकछिन पछि त्यँहि आरनमा दुबै मित्रले एउटै थालमा रोटि खान्छन।
अनि बिस्तारै आफुमा बितेको र आफुले राजिनामा दिने कारण लाई बेलि बिस्तार गर्छ।जातिए अपमान सहन नसकेर उस्ले नोकरी बाट राजिनामा दिएर उस्ले आफ्नो पेसा अगालेको भन्दै छोरा छोरीलाईपनि आफ्नै पेसामा परिपक्क हुँन अह्राउँथ्यो।आखिरमा यो समाज कहिले सुद्रेला?कहिले यो रुढिवादी संस्कारले बिदा लेला?आजको एक्किसौ शताब्दीमा पनि दलित माथिको बिभेदको आगो निभेको छैन।
८-०७-२०२०,(यो कथा काल्पनिक हो कसैको जिवन र नाम मेल खान गयमा मात्र संयोग हुँनेछ।)

तपाईको प्रतिक्रिया