सुरेशकुमार पान्डेको कथा: औजार

प्रकाशित मिति :  613 पटक हेरिएको

बिद्रोहको लहर चलेकोछ,प्रजाहरुको एकजुट्ताले मेरो पुर्खा देखि चल्दै आएको राजपाठ भत्ताभुङ्ग हुँने निश्चित छ।यो खतरा बाट कसरी जोगाउँ?बिक्रमले आफ्ना बाटै गन गन गर्दै”कहिले बगैचाको यो कुना कहिले पल्लो कुना घुम्छ।बाताबर्ण साँचै भन्दा असहज थियो! राज तन्त्र मुर्दावाद!मुर्दावाद!जनाधिकार बहालगर!बहालगर!अलि परै बाट आएको र्याली को गगनभेदी नाराहरुले राजाको मुटु धक-धक भयकोछ।उस्लाई भाउँन्ने होला झैँ लाग्छ।त्यहि बगैचाको कुनाबाट उस्का एकजना पूर्व सल्हाकारले राजाको यो गतिबिधी लाई अबलोकन गर्दै थियो।

राजाले उ प्रति बिस्वास त्यति गर्दैन थियो।उस्लाई राजको बिस्वाशको पात्र बन्ने रहर थियो।उ त्यहि मौकाको तलासमा रहि रहन्थ्यो।त्यो जुलुशमा जनताको ओहिरो देखेर राजा डरले थर थर परेको बेला राजको नजिकै पुगेर महाराज मैले केहि भनु.?उ तिर गहिररी नियाल्दै’ साहिद कहिले काँही खिया लागेको सिक्कापनि कामलाग्छ भन्छन केथा यो सँगपो केहि कला छकि”भन्ठानेर,भन छिट्टै केछ तँ सँग? राजाले अलि चर्केरै भन्छ।र नजिकै को कुर्चिमा थँचक्कै बस्छ।राजका अनुहार बाट पसिना तप-तप खसेको थियो।महाराज भाईर जुलुसमा आएका लाई सम्मान पूर्वक सम्बोधन गरेर शान्त गर्न सकिन्छ।हजूरले उनिहरुलाई दमन नगरि बक्सियोश मैले आफै त्यो जुलुसलाई टुक्रा पार्दिन्छु!भन्दै राजालाई निश्चित रहन बिन्ति गर्छ।राजाले एकछिन उस्लाउ तल बाट माथि सम्म नियाल्दै-होईन यो सँग यस्तो के फर्मुला हुँनसक्छ,जो म सँग छैन!उस्ले मनमनै सोँच्छ।त्यसो हो भने मलाई भनिहाल छिट्टै !राजाले उस्लाई आदेश गर्छ।महाराज यँहा भित्ताको पनि कान हुँन सक्छ।तसर्थ भन्नु भन्दा मैले यो काम हजूरको अगाडि गरेर देखाए कसो होला?भन्दै राजालाई आफ्नो फर्मूला न सोध्न दुबै हात जोडेर बिन्ती गर्छ।जुलुश नजिकै आएको आभाश हुँन्छ पूर्व सल्हाकारले यो जुलुसलाई औजार बनाएर राजको बिस्वाशको पात्र बन्ने अबसर पाएकोमा मन मनै खुसि हुँन्छ।
सल्हाकारले आफ्ना केही बिस्वास पात्रहरुलाई सबै कुरा शंझाएर बिस्तारै त्यो जुलुशमा घुसाउँन सफलभयको थियो।आफुले महाराजको तर्फबाट बोल्ने अनुमति लिन्छ।राजालेपनि अहिले एसैलाई औजार बनाएर यो गौँडा लाई ढेकल्नु थियो।
हाम्रो देशका महाराज ले जनताका सबै मागहरु मानि बक्सिएकोछ।भन्दै जनतालाई शम्बोधन गर्दै थियो।उता राजाले उस्को यो भनाई प्रति आक्रोशित हुँदै थियो।जनताहरु लाई स्वतन्त्रता मिल्नै पर्छ,यस्मा महाराजको आर्को मतछैन तर हाम्रो देश बिभिन्न जाति र धर्मको देशहो।यँहा एउटालाई काखा र आर्कालाई पाखा गराउँन मिल्दै मिल्दैन।बाहुँन ठकुरी जिन्दावाद!जिन्दावाद!उस्को भाषन नसकिदैँ उसैले घुसाएको मान्छेले बिच बाट उठेर नारा लगाउँछ।जन जाति जिन्दावाद!जिन्दावाद!आर्को ले बिच बाट उठेर नारा लगाउँछ।दलित हरु प्रति बिभेदको अनत्यै गर!अन्तै गर!आर्को उठेर अगाडि सर्दछ।जुलुस भित्रै बाट पत्थर मञ्चमा फाल्छन।अनि आपसमा पाखुरा ठेला-ठेल गर्छन।राजाले तुरुन्तै सैनाहरु पठाएर चुपचाप बसेका जुलुशका अगुवाहरुलाई गिरफ्तार गराउँछ।यसैगरी स्वतन्त्रताको आन्दोलन तिन टुक्रामा तबदिल हु्न्छ।अनि राजालाई त्यो सल्हाकारले सम्वोधन गर्न ईसारा गर्छ।मेरा प्यारा प्रजाहरु तपाईँहरु हिँजोपनि स्वतन्त्र हुँनु हुन्थ्यो र आजपनि स्वतन्त्र हुँनुहुँन्छ।तपाई हरुको केहि कसूरछैन।नेताभनौदाहरुले तपाई हरुलाई औजार बनाएर मेरो गर्धन शेर्न लगाउँन खोजेका मात्र हुँन जो सफल भयनन्।म यो देश र जनताको लागि जन्मे र यँहि मर्ने हुँ।मेरा पूर्वजहरुले यो देश र जनताको लागि जिवन अर्पणगरे।आज केहि नीजि स्वार्थका लागि जनतालाई औजार बनाउँदैछन।राज पाठ खोस्न उक्त प्रजातन्त्र का दुश्मनहरु लाई के सजाए दिनु पर्छ?राजाले सोध्ज।मृत्यु दण्ड महाराज!हाउस बाट आवाज आउँछ।सबैले ताली तररर पिट्छन।राज तन्त्र जिन्दावाद!जिन्दावाद!त्यो भिडमा नारा लाग्छ।जनतन्त्रका लागि आवाज बोकेर आएका जेलमा बन्दी बनेका थिए।उक्त पूर्व सल्हाकार राजाको बर्तमान सल्हाकार मन्त्रि बन्न सफल भयो।राजाले जनतन्त्रलाई काट्ने औजार जनतालाईनै बनायो।
जातिए शंघर्ष र क्षेत्रिय शंघर्ष लाई औजार बानाएर बर्गिय संघर्ष र जनतान्त्रिक आन्दोलनको जरा काटियो।

तपाईको प्रतिक्रिया