रुकेस रुसको गजल:

  अस्मिता स्मृति प्रकाशित मिति :  693 पटक हेरिएको

के गर्नु र कागजमा सफल भएर
गधाहरुको दौडमा अब्बल भएर

सत्य यहि हो सुन जहिल्यै सुन हो
झुक्दैन कहिल्यै पनि पित्तल भएर

हिमालको चुचुरो पुग्ने राख्छ सपना
जबकि स्वयं आफु नै खाडल भएर

युगौं युग सम्म आगो भएरै बाचियो
इच्छा छ बाच्ने अब दमकल भएर

फुटेका छन पटपट खुट्टा आमाको
के गर्नु छोराको चप्पल पसल भएर

तपाईको प्रतिक्रिया