चेतन खतिवडाको गीत:

  अस्मिता स्मृति प्रकाशित मिति :  433 पटक हेरिएको

हिजोआज एउटा प्रश्न, राख्ने गर्छन सारा
सोध्ने गर्छ्न आँखाबाट, किन बग्छ अश्रुधारा

जसलाई मुटु ठानेको हो, आफुबाट ऊ टाढिंदा
आफ्नो मात्रै ठानेको चिज, अरु संग बाँडिदा
सम्झिएको हुन्छ जसलाई , आँखाको नानी
थाहा हुँदाहुँदै पनि अन्धो, बनाइ जानी
टाढा हुन्छ जब आफ्नो, जिन्दगीको सहारा
अनि बग्छ आँखाबाट, अविरल अश्रुधारा

कहिले झर्छ हृदयमा, असह्य चोट लाग्दा
मन परेको बस्तुलाई , अरुबाट खोट लाग्दा
मनको अघि धनको संधै, चलेको देख्छु जोर
घातक हुने रहेछ , धनको भन्दा मनको चोर
जब खस्छ आकाशबाट, आफ्नो प्यारो तारा
अनि बग्छ आँखाबाट, अविरल अश्रुधारा

हिजोआज एउटा प्रश्न, राख्ने गर्छन सारा
सोध्ने गर्छ्न आँखाबाट ,किन बग्छ अश्रुधारा

रचनाकार: चेतन खतिवडा
लालबन्दी -५ सर्लाही
हाल- महालक्ष्मी -५ टिकाथली ललितपुर

तपाईको प्रतिक्रिया