गण्डकीमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

  अस्मिता स्मृति प्रकाशित मिति :  425 पटक हेरिएको

२८ असार, पाेखरा । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि भएकाे छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप १५ जनामा काेराेना पुष्टि भएकाे डा. विनाेद विन्दु शर्माले जानकारी दिएका छन ।

थप पुष्टि हुनेमा तनहुँका छजना, पर्वतका दुइजना, बाग्लुङका दुइजना, नवलपुर (बर्दघाट सुस्ता पुर्व) का एकजना, स्याङ्जाका एकजना, गाेरखाका एकजना र लमजुङका दुइजना रहेका छन ।

याे संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११९२ पुगेको छ ।

तपाईको प्रतिक्रिया