जाजरकोट पहिरोबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

प्रकाशित मिति :  248 पटक हेरिएको

२८ असार, काठमाडौं । जाजरकोटमा पहिरोमा परी मृत्यु हुनेको संख्या नौपुगेको । छजना अझै बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यलय जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार बेपत्तामध्ये सातजनाको शव शुक्रबार भेटिएको थियो भने शनिबार थप दुई जनाको भेटिएको हो ।

अहिले सम्म बारेकोट गाउँपालिका–४ का ५२ वर्षीय गोपाल सार्की, उनको ११ वर्षका छोरा अर्जुन सार्की र १४ वर्षीया छोरी तिर्खा सार्की र कलुको घरमा पाहुना आएका कुशे गाउँपालिका–९ का २० वर्षीया डिल्ली सार्की, १४ वर्षीकी गौरी, १६ वर्षकी कविता र १८ वर्षका वीरेन्द्र सार्कीको शव शुक्रवार नै भेटिएको थियो ।

यस्तै शनिबार बारेकोट गाउँपालिका–४, सार्कीगाउँका कल्लु सार्की र उनका ६ वर्षका छोरा सुवास सार्कीको सब फेला परेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

बिहीबार रातिको पहिरोले बारेकोट गाउँपालिका–४ सार्कीगाउँका गोपाल सार्की र कालु सार्कीको घर बगाउँदा १२ जना बेपत्ता भएका थिए । शुक्रबार नै स्थानीय खोलामा बगेका बारेकोट– ६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने पनि भेटिएका छैनन् ।

सोही दिन खहरे खोलामा बगेका जुनिचाँदे गाउँपालिका–१ का डिल्ली चुनारा पनि बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया