हिले पहिरोले पालुङ-डाँडाबास सडक खण्ड अवरुद्ध

  अस्मिता स्मृति प्रकाशित मिति :  418 पटक हेरिएको

२८ असार, काठमाडौं । आइतबार दिउँसो मकवानपुरको थाहा नगरपालिका स्थित घलेपाखामा हिले पहिरो जादा पालुङ-डाँडाबास सडक खण्ड अवरुद्ध भएको छ ।

भारि वर्षाका कारण मकवानपुरको थाहा नगरपालिका-७ स्थित घलेपाखामा हिले पहिरो जादा पालुङ-डाँडाबास सडक खण्ड अवरुद्ध भएको स्थानीय एवं सनञ्चारकर्मी भिमसेन मोक्तानले जानकारी दिनुभएको छ ।

आइतबार दिउँसो सडक माथिबाट हिलोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको र डोजरले पहिरो पन्छाउने काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया