अप्सरा सुनारको कविता: ए समय, मलाई तिमी जस्तै बन्नुछ

  अस्मिता स्मृति प्रकाशित मिति :  1054 पटक हेरिएको

बसन्तलाई चुम्न सक्ने,
शिशिरको जाडोलाई अङ्गाल्न सक्ने
अन्धकारमा डराउदैनौ,ज्योतिभित्र हराउदौनौ,
तिमी एक क्रान्ति हौ परिवर्तनको ,
आँसु बनिदिन्छौ रुनेहरुका लागि
हास्नेहरुका अधरमा फुलिदिन्छौ,
न थाक्छौ कहिले न रोकिन्छौ,
ए समय, मलाई तिमी जस्तै बन्नुछ।

तिम्रा पैतालाहरुले रोकिन जानेका छैनन,
पर्खालले छेकोस्, काँडेबारले रोकोस,
तिमीले पछाडि फर्कन कहिले जानेनौ,
तिमी बालक हौ,जवान हौ अनि तिमी नै बृद्ध हौ।

तर कहिले मर्न नजान्ने तिमी जीवन हौ,
खुकुरीको क्रान्ति चलाउनेहरु,
बारुदले परिवर्तन फलाउनेहरु,
परिवर्तन नआउदै थाकिसके,
तर तिम्रो सङ्घर्ष आहा अनन्तको छ।
त्यसैले ए समय मलाई तिमी जस्तै बन्नुछ।

तपाईको प्रतिक्रिया