कपिल देवको गजल:

  अस्मिता स्मृति प्रकाशित मिति :  589 पटक हेरिएको

मुस्किल नआए जिन्दगीको भान हुँदैन
जति कमाए पनि पैसाको चिहान हुँदैन

जुत्ताले खुट्टामै बस्नुपर्छ सम्मानको लागि
फूलमालालाई पनि खुट्टामा सम्मान हुँदैन

तिमीले मलाई बुझ्न नसकेर टाढिएँ भन्यौं
यस्तै हो खुकुरीलाई अचानोको ज्ञान हुँदैन

देशले बालक जवान देख्छ परदेश पठाउँछ
आमाबुबाको नजरमा सन्तान जवान हुँदैन

तपाईको प्रतिक्रिया