टिका टिप्पणीविरुद्ध चलचित्र क्षेत्रका सात संस्थाद्वारा संयुक्त वक्तव्य जारी

  अस्मिता स्मृति प्रकाशित मिति :  561 पटक हेरिएको

काठमाडौं– नेपाली चलचित्रसंग सम्बन्धित सात वटा संस्थाले सामाजिक सञ्जालमा हुने गरेको टीका टिप्पणीलाई लिएर संयुक्त बक्तब्य जारी गरेका छन् ।

चलचित्र क्षेत्र तथा चलचित्रकर्मी लक्षित अमर्यादित आरोपलाई रोक्न अपिल गर्दै उनीहरुले अन्यथा साइबर क्राइमको कानूनी उपचार खोज्ने चेतावनी पनि दिएका छन्

वक्तव्यमा भनिएको छ- ‘केही दिनयता सामाजिक सञ्जाल लगायत केही सञ्चारमाध्यमहरुबाट केही चलचित्रकर्मीको अभिव्यक्ति तथा अन्तर्वार्तालाई लिएर आरोप, प्रत्यारोप, विवाद, गाली गलौच र अशिष्टताको पराकाष्ट नाघेको देखिएकाले नेपाली चलचित्र उद्योगसंग सम्बन्धित पेशागत संघ–संस्थाको गम्भिर ध्यानाकर्षण भएको छ।’

विज्ञप्तिमा भनिएको छ- सबैलाई अभिव्यत्तिः स्वतन्त्रता संविधानले दिएको छ । अभिव्यक्त गर्न पाउनु व्यक्तिको अधिकार हो । अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको मानमर्दन गर्नु, अश्लिल आक्षेप लगाउनु, व्यक्तिगत चरित्र हत्या गर्न कसैको पनि अधिकार छैन । यस किसिमको हर्कत निन्दनीय मात्र होइन, अक्षम्य पनि हुन्छ ।’

‘यदि कुनै पक्षबाट शिष्टताको पराकाष्ट नाघेमा कानूनी पचारमा जानु बाध्यकारी हुन्छ, विज्ञप्तीमा भनिएको छ-‘यो हदसम्म हामी पग्दनौ भन्ने हाम्रा। विश्वस रहेको छ।’

‘यस किसिमको प्रतिक्रिया नरोकिएमा यो प्रतिक्रिया नेपालबाट आएको भए नेपालको साइबर कानून अनुसार र विदेशबाट आएको भए परराष्ट्र मन्त्रालयमा मार्फत कारवाहीको कारवाहीको प्रकृया अगाडि बढाउने यही वक्तव्य मार्फत जानकारी गराउन चाहन्छौं ।’

वक्तव्यमा नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल चलचित्र निर्माता संघका प्रथम उपाध्यक्ष माधव वाग्ले, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र निर्देश समाजका अध्यक्ष रक्षा सिंह राणा, नेपाल चलचित्र द्वन्द संघका अध्यक्ष सूर्य थोकर तथा नेपाल चलचित्र नृत्य संघका कार्यवहाक अध्यक्ष जनक कार्कीले हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया