स्याङ्जामा पहिरोमा परी एकको मृत्यु, तीनजना घाइते

  अस्मिता स्मृति प्रकाशित मिति :  623 पटक हेरिएको

३० असार, काठमाडौं । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पहिरो जाँदा एकजनाको ज्यान गएको छ ।

गाउँपालिकाको वडा नं ४ मा पर्ने बिर्खाटार खहरेमा आएको पहिरोका कारण एक जनाको मृत्यु भएको र तीनजना बेपत्ता भएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । थापाका अनुसार पहिरोमा परी दुईजना घाइते भएका छन् ।

खेतमा पानी लगाउन गएका ६ जना बिहान सवा ८ बजेतिर गएको पहिरोमा परेका थिए । घाइतेलाई उद्दार गरिसकिएको र बेपत्ताको खोजीकार्य जारी रहेको अध्यक्ष थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया