कर्णाली प्रदेशसभा सदस्यमा कोरोना संक्रमण पुष्टि

  अस्मिता स्मृति प्रकाशित मिति :  238 पटक हेरिएको

३० असार, काठमाडौं । कर्णाली प्रदेशसभा प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीलाई कोरोना संक्रमण भएको पुष्टी छ ।

दुई दिन अघि गरिएको स्वाव परीक्षणमा कोरोना पुष्टी भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

उनको स्वाबको सोमबार सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गरिएको थियो ।

सांसदको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रदेश सांसदमा कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कका आएका सांसददेखि पत्रकारसम्मको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न लागिएको प्रदेशसभा सचिव जिवराज बुढाथोकीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया