नेकपाका दुई अध्यक्षबीच छलफल हुने, स्थायी कमिटीकाे बैठक ३ बजे बस्ने

प्रकाशित मिति :  283 पटक हेरिएको

२ साउन, काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक बस्नुअघि दुई अध्यक्षबीच छलफल हुने भएको छ ।

नेकपा स्थायी कमिटीको बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुँदैछ ।

स्थायी कमिटीकाे बैठक विहान ११ बजेका लागि बोलाइएको थियो । अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको एक नेताले जानकारी दिए ।

तपाईको प्रतिक्रिया