चेकजाँचको क्रममा प्रहरीमाथि गोली प्रहार गर्ने दुई पक्राउ

प्रकाशित मिति :  331 पटक हेरिएको

२ साउन, काठमाडौं । प्रहरीमाथि गोली प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन । सो घटनामा दुई जना घाइते भएका छन् । अन्य तीन जना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीको देवानगंज गाउँपालिका ३ पानीट्याङकीमा बिहीबार साँझ तस्करी गर्ने समुहलाई रोकेर प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा गोलीप्रहार गरेर फरार हुन खोजेका हुन ।

घाइते हुनेमा देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादव रहेका छन । घाइते दुवैको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको छ ।

तस्करका साथबाट प्रहरीले एउटा पेस्तोल, छ राउण्ड गोली र दुई वटा म्याग्जिन बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया