मनीषा प्रसाईको गजल:

  अस्मिता स्मृति प्रकाशित मिति :  518 पटक हेरिएको

आज लेख्ने कथा आजै लेख भोलिको कुनै विश्वास हुदैन
अर्कैको अधिनमा चल्ने ढुक्ढुकी ग्यारेन्टी यसको खास हुदैन

समयको बर्बाद बनाएर भोलि भोलि पर्खि रहन्छौ तिमी
छङ्छङ बगेर गयो खोली फर्केर आउला भन्ने आश हुदैन

पटक पटक घुर्की लगाउने प्रयत्न गरिरहन्छौ जिन्दगीलाई
जिन्दगी हामी खोजी रहन्छौँ जिन्दगीलाई हाम्रो अभाव हुदैन

भन्दै थियौ एकबारको जिन्दगीलाई हासेर बिताए राम्रो
आत्मा भित्र चोट नलागेसम्म बाहिर मुहार उदास हुदैन

मेरो सम्मान हुनै पर्छ मै हुँ देशको राजा भनेर फुर्ती लगाउँछौ
याद गर तिमी असल व्यक्तिमा कहिल्यै घमण्डको बास हुदैन।

तपाईको प्रतिक्रिया