प्याब्सन र नेशनल प्याब्सन महालक्ष्मी नगर समितिद्धारा मेयर रामेश्वर श्रेष्ठलाई ध्यानाकर्षण पत्र हस्तान्तरण

प्रकाशित मिति :  255 पटक हेरिएको

३ साउन, ललितपुर । कोरोना संक्रमणका कारण शिक्षा क्षेत्रमा परेको असर,समस्या लगायतका सवालहरुलाई लिएर आज(शुक्रबार) प्याब्सन र नेशनल प्याब्सन महालक्ष्मी नगर समितिले विभिन्न मागसहितका ध्यानाकर्षणका बुँदाहरु राखेर महालक्ष्मी नगरपालिका मेयर रामेश्वर श्रेष्ठलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ।

प्याब्सन महालक्ष्मी नगर समितिका अध्यक्ष कैलाशकुमार मल्ल र नेशनल प्याब्सन महालक्ष्मी नगर समितिका अध्यक्ष रमेशप्रसाद कोईरालासम्मिलित टोलिले महालक्ष्मी नगरपालिका मेयर श्रेष्ठलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो ।

महालक्ष्मी नगर प्याब्सन र नेशनल प्याब्सनले संयुक्त रुपमा हस्तान्तरण गरिएको ध्यानाकर्षण पत्रमा कोरोना भाइरसका कारण शिक्षा क्षेत्रमा सम्बन्धित विषयहरु पाठ्यपुस्तक लगायत शिक्षण सामग्रीहरु व्यवस्थापन गर्ने वातावरण,आवस्यक पूर्वाधार व्यवस्थापनसहित जोर,बिजोर,आलोपालो प्रणालीमा कक्षा संचालन गर्ने,क्वारेटिनका लागि विद्यालयहरुको प्रयोग भएको भए अर्को स्थानमा स्थान्तरण गरि निर्मलीकरणको व्यवस्था गर्नुपर्ने,नयाँ शैक्षिक क्यालेण्डर निर्माण,एक महिनाको विद्यार्थीहरुको शुल्क मिनाह गरि अरु शुल्क संकलन गर्न पाउनु पर्ने,शिक्षक-कर्मचारीहरुलाई तलब-भत्ता व्यवस्थापन गर्न नसकिएकाले उचित व्यवस्थापनमा सहयोग र घर जग्गा बहाल,व्यवसायिक लगायत अन्य महशुलहरुको छुटको व्यवस्था गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया