व्यावसायिक बाख्रा पालनमा प्युठानका महिलाको सक्रियता

  अस्मिता स्मृति प्रकाशित मिति :  458 पटक हेरिएको

३ साउन, प्युठान। व्यावसायिक बाख्रा पालनमा प्युठानका महिलाको सक्रियता रहेको छ । जिल्लाको मल्लारानी गाउँपालिका–१ स्यानिलेकका १६ जना महिला समुहमा आवद्ध भएर व्यावसायिक बाख्रा पालनमा सक्रिय रुपमा लागेका छन् ।

परम्परागत र निर्वाहमुखी प्रणालीले मात्र वर्तमान युगका आवश्यकताहरु र यो महङ्गी झेल्न नसकिने भएपछि महिलाहरु विकल्पको खोजि गर्दै व्यावसायिक पशुपालनमा लागेको लालिगुँरास बाख्रा पालन समुहकि अध्यक्ष सरिता विकले जानकारी दिनुभयो । उहाँका अनुसार समुहमा सामेल १६ जना महिलामध्ये प्रत्येक सदस्यले तीन/तीन वटा बाख्रा खरिद गरेको र प्रत्येक परिवारले खोर निर्माणसँगै समुहमा तीन वटा ब्याड बोका समेत खरिद गरेका छन् ।

मल्लारानी गाउँपालिकाकै दुर्गम बस्ती भनेर चिनिने स्यानिलेक बस्तीमा दलितहरुको बाहुल्यता रहेको छ । उक्त बस्तीलाई नै केन्द्रित गरेरे गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा लालिगुँरास समुहलाई नै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम मार्फत आठ लाख रुपियाँ अनुदान दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले बताउनुभयो । ‘गाउँका प्राय सवैले बाख्रा पालन गर्दै आएका छन्,’ उहाँले भन्नुभयो, ‘उनीहरुले गर्दै आएको परम्परागत पेशालाई व्यावसायिकता दिन खोजिएको हो ।’

तपाईको प्रतिक्रिया