बागमती सरसफाइ महाअभियानको ३७५ औं शृङ्खला सम्पन्न

  अस्मिता स्मृति प्रकाशित मिति :  362 पटक हेरिएको

३ साउन, काठमाडौं । शनिबार बागमती सफाई महाअभियानको ३७५ औं शृङ्खला सम्पन्न भएको छ ।

शृङ्खलागत रुपमा लागिएको उक्त सरसफाइ अभियानमा शनिवार बागमती मनोहरा दोभान, बागमती नदी किनारको सफाई गरिएको छ ।

नदीको किनाराका पसलेहरुलाई आफ्नो पसल अगाडी सफाईको लागि जनचेतना फैल्याउनुका साथै पसल,ग्यारेज अगाडिको बाटो सफा गर्न सहभागिता समेत गराइयो । फोहर व्यवस्थापन कुहिने र नकुहिने गरि भाैतिक दुरी कायम गरि महाअभियानको सफाई कार्यक्रम सम्पन्न भएको हो ।

उक्त सफाई महाअभियानका अभियन्ता डा.लक्ष्मी पौंडेलका अनुसार सरसफाई कार्यक्रममा अभियन्ता प्रिया लामिछाने, रामशरण कार्की, श्री हनुमान मार्ग टोल विकास समितिका पदाधिकारीहरु अभियन्ता दुर्गा दुलाल,स्थानिय वासिन्दाहरुको सहभागितामा सरसफाई गरिएको हो ।

तपाईको प्रतिक्रिया