नेपालमा थप ५७ कोरोनामा पुष्टि, संक्रमितको संख्या १७ हजार ५०२ पुग्यो

  अस्मिता स्मृति प्रकाशित मिति :  287 पटक हेरिएको

३ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ कोरोनामा संक्रमण पुष्टि भएको छ । कुल ३ हजार ३३१ मा पीसीआर परीक्षण गर्दा ५७ जनामा कोरोना भेटिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ ।

यसैगरी कोरोना निको भएर पछिल्लो २४ घण्टामा १०३ जना घर फर्किएका छन् । योसँगै हालसम्म कोरोना निको हुनेको संख्या ११ हजार ६३७ पुगेको छ ।

अझै २३ हजार २७५ जना क्वारेन्टाइनमा र ५ हजार ८२५ जना आइसोलेसनमा छन् ।

तपाईको प्रतिक्रिया