गजल: शिलामा शिलाले सजाएर चित्र

  अस्मिता स्मृति प्रकाशित मिति :  600 पटक हेरिएको

शिलामा शिलाले सजाएर चित्र
सबै दङ्ग पारें बनाएर चित्र

सबै रङ्ग रोगन थियो हात आफ्नै
हतौडी छिनोले जुटाएर चित्र

शिलाकै छ आँखा शिलाकै छ नानी
शिलामै छ बाहन चढाएर चित्र

तिमी पुज्न जान्छौ त्यही चित्र खोज्दै
यता रुन्छ यो मन जलाएर चित्र

पुरै जिन्दगी नै शिलामै लगाई
बिचित्रै शिलाको ठड्याएर चित्र

बहर :- मुतकारिब मुसम्मन सालिम
रचनाकार: बिबिधा भारती (शिला पौडेल)
ललितपुर

तपाईको प्रतिक्रिया