प्रचण्ड सापकोटाका तीन मुक्तक:

  अस्मिता स्मृति प्रकाशित मिति :  481 पटक हेरिएको

संग्रामले बनेको मान्छे, बिचारले चल्ने मान्छे
यी अँध्यारा बस्तीहरूमा मसाल झैँ बल्ने मान्छे,
तिम्रो वर्गले च्यापिएर, तिम्रो नस्लले थिचिएर,
पर्दा पछाडि बस्न विवश छ युग बदल्ने मान्छे।

प्रश्न उठ्छ मनमा तमाम कस्ले लेखिदियो?
यसु अल्लाह बुद्ध राम कस्ले लेखिदियो?
मैले चाहेर पनि जीवनभर मेटाउन सकिन
यो छातीमा उनको नाम कस्ले लेखिदियो ?

सकियो सम्पत्ति लाग्यो रिन आज आएर
सोचेँ अतीत बारे एकछिन आज आएर
तिमीलाई नपाए रुँदै मर्छु भन्ने मान्छेले
हाँस्दै हाँस्दै किन छोडिन् आज आएर

तपाईको प्रतिक्रिया