मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

  अस्मिता स्मृति प्रकाशित मिति :  459 पटक हेरिएको

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका १ भैसे खोप्लाङमा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

भैसेबाट हेटौंडा तर्फ जाँदै गरेको ना ६२ प ९७१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा हेटौंडा उपमहानगरपालिका-१ चाइनाक्वाटरका, २५ वर्षीय दिपेश पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया